गुल्मी । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।
दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी शंकर पोखरेलले जानकारी दिए ।
रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप गएराति सत्यवती गाउँपालिका वडा नम्बर–४ मौरीओडारमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका मध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ भने अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
जिप सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जानकारी दिएकाे छ ।




















