×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

  •  गोरखा समाचार
  • शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सोल/एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गर्नुभएको सरकारी सञ्चारमाध्यमले शुक्रबार बताएको छ । प्योङयाङले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाइएपछि यो पछिल्लो हतियार परीक्षण हो ।

    धेरै हदसम्म एक्लो परेको उत्तर कोरियाले हालै मस्कोसँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ । साथै उसले यसै महिना आफूविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्र विशेषज्ञहरूको एउटा प्यानलको नवीकरणलाई रोक्नका लागि भिटो प्रयोग गरेकामा रुसलाई धन्यवाद दिएको छ ।

    दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियामाथि रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घले त्यस्तो कुनै पनि कदमलाई प्रतिबन्ध लगाएको छ । आणविक हतियारसम्पन्न उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि रुसमा पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण र उत्पादन बढाउन सक्ने विश्लेषकहरूले बताएका छन् ।

    आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसएनए) का अनुसार प्योङयाङको नयाँ रक्षा उद्योग एकाइमा बनाइएका ‘मल्टिपल रकेट लन्चरको २४० एमएम शेल’ को ‘उडान सुविधिाहरू र हिट तथा एकाग्रता सूचकहरू’ परीक्षणका क्रममा ‘अत्यन्त सन्तोषजक ढङ्गले मूल्याङ्कन’ गरिएको थियो ।

    नेता किमले यस वर्षका लागि युद्ध सामग्री उत्पादन योजनालाई निश्चितरूपमा गुणात्मक ढङ्गले पूरा गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको केसिएनएले बताएको छ । “नयाँ प्रविधिसहितको रकेट लन्चरले उत्तर कोरियाको सेनाको आर्टरी बललाई बलियो बनाउन रणनीतिक परिवर्तन ल्याउने छ”, किमको भनाइ उद्धृत गर्दै केसिएनले भनेको छ ।

    यसै साताको प्रारम्भमा किमले मुलुकको पहिलो ‘आणविक ट्रिगर’ अभ्यासको निरीक्षण गर्नुभएको प्योङयाङले बताएको छ । यसमा दुश्मनहरूलाई चेतावनीका रूपमा आणविक जवाफी हमलाको अनुकरण सामेल थियो ।

    सोलमा उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका अध्यक्ष याङ मु–जिनले शुक्रबारको घोषणाका आधारमा उत्तर कोरियाले दक्षिण कोरियाको राजधानी क्षेत्रलाई लक्षित गरी सटीक आक्रमणका लागि मार्गदर्शन प्रविधिलाई एकीकृत गर्न ‘केही प्रगति’ हासिल गरेको जस्तो देखिएको बताउनुभयो । “सम्पूर्ण मुलुक मिसाइल रक्षा उद्योग प्रदर्शनी जस्तो देखिन्छ”, उहाँले भन्नुभयो ।

    गत वर्ष उत्तर कोरियाले सन् २००६ देखि लागु राष्ट्रसङ्घीय प्रतिबन्धलाई बेवास्ता गर्दै तथा वासिङ्टन र सोलले चेतावनी दिए पनि रेकर्ड सङख्यामा मिसाइल परीक्षण गरेको थियो । प्योङयाङले सन् २०२२ मा आफैँलाई ‘अपरिवर्तनीय’ आणविक हतियार सम्पन्न मुलुक घोषणा गरेको छ ।

    यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । पुनरमिलन र पहुँचका लागि समर्पित एजेन्सीहरूलाई अलग गरेको छ र ‘शून्य दशमलव ००१ मिमी’ क्षेत्रीय उल्लङ्घनमा समेत युद्धको धम्की दिएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.