काठमाडौं । केही दिन ओरालो लागेको सुनको मूल्य फेरि उकालो लागेको छ । आज शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको हो ।
नेपाली बजारमा बिहीबार प्रतितोलाको १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज सुनको भाउ बढेर तोलाको १ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा नै बढेपछि त्यसको प्रभाव नेपाली बजारमा देखिएको हो ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार ६७५ रुपैयाँमा कारोबार भएको छ ।
नेपालको ईतिहासमा नै यसअघि वैशाख ९ गते सुन १ लाख ३९ हजार ३०० रुपैयाँको उच्च बिन्दुमा पुगेको थियो ।




















