डडेल्धुरा । डडेल्धुरामा आज भएकाे कार दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटनामा परेकाे डडेल्धुरा प्रहरीले पुष्टी गरेकाे हाे ।
दुर्घटनामा अमरगढी नगरपालिका-७ का केशव भट्टराईको मृत्यु भएको छ । सोही दुर्घटनामा परी चेतराज भट्टराई (रोशन) भने घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।
डडेल्धुरा अस्पतालका डाक्टर नविन खड्काका अनुसार घाइतेको अवस्था पनि गम्भीर छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएकाे छ ।




















