गाेरखा । सरकारले आजका लागि सार्वजनिक बिदा दिएकाे छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
सिंहदरबारमा हिजाे भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले वैशाख ११ देखि २ दिनकाे लागि नेपालको राजकीय भ्रमणको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।




















