काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मुख्य मन्त्रि खगराज अधिकारी बिच आन भेटबार्ता भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुवाटरमा भेटेका हुन् ।
मुख्यमन्त्री अधिकारीले भेटवार्ताका क्रममा प्रदेशका विकासबारे छलफल गरेको भन्दै फेसबुकमा फोटो सार्वजनिक गरेका हुन् ।
तर राजनैतिक बृत्तमा भने अधिकारीले गण्डकीको सत्ताको निकासबारे परामर्श गर्न उनी राजधानी पुगेर प्रधानमन्त्री संग छलफल गर्न पुगेका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार सरकारले विशेष अधिवेशन आह्वानका लागि सिफारिस गरे पनि प्रदेश प्रमुख गृह जिल्ला भएकाले परामर्शमा संसद सचिवालयमा पठाउने तयारी भएको छ ।
सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेका अधिकारीले सर्वोच्च अदालतमा आदेश आउनु अगावै विश्वासको मत लिने तयारीमा देखिएका छन् ।
नेपाली काँग्रेसले भने गण्डकीको मुख्यमन्त्री कानून बिपरीत भएको भन्दै चैत २७ गते सर्वोच्च मुद्वा दायर गरेको छ । सर्वोच्च अदालतले सर्वोच्चले चैत २८ गते नै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्चमा दायर गरेको रिटमा वैशाख १० गते पेशी तोकिएको छ ।


