रुपन्देही । जिल्लाको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्ड अन्तर्गत बाईपास इलाकाबाट शसस्त्र प्रहरीले आज २७२ किलो ३३ ग्राम गाँजसहित कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै गरेको गाँजा फेला परेको हो ।
जिल्लाको २७ नं गणका सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको नेतृत्वमा खटिए प्रहरीको टोलीले उक्त परिमाणाको गाँजा फेला पारेपछि कन्टेनर र चालक भारत घर भएका ३६ बर्षिय सतनम सिंहलाई नियन्त्रणमा लिएको शसस्त्र प्रहरी नायब उपरिक्षक एवं सह प्रबत्ता शैलेन्द्र थापाले बताए ।
नियन्त्रणमा लिइएको गाँजा, चालक र ट्रकसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवालाई बुझाईएको पनि प्रबत्ता थापाले जानकारी दिए ।




















