पोखरा । पोखराको सेती नदीमा हराएका १ जना युवको शव फेला परेको छ । सेती नदीको खोचमा अड्कीएको अवस्थामा शसस्त्र प्रहरीले युवकको शव फेला पारेको शसस्त्र प्रहरी नायब निरिक्षक एवं सह प्रबत्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बैशाख १ गतेबाट हराईरहेका युवकको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदिको १५० मिटर गहिराईबाट निकालेको हो । ढुंङ्गाको खोजमा अड्किएको अवस्थामा बैशाख ३ गते सोमबार दिउँसो शव निकालिएको प्रबत्ता थापाले बताए ।
शव कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ बर्षका जगत पुनको भएको कास्की प्रहरीले पुष्टी गरेको छ । बैशाख १ गतेदेखि हराएको र सेतीको खोँचमा अड्किएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरीले सशस्त्र प्रहरी बल नेपाल पोखरास्थित २४ नं. कालिका गणको सहयतामा शव नदीबाट बाहिर निकालेको हो ।
पुनको शव निकालेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाएको प्रहरीले जानकारी दिएको छ ।




















