अछाम । अछाममा आगलागी हुँदा २ जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका-६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले पुष्टी गरेकाे हो ।
आगलागीमा परी ८ वर्षीया भावना बोहरा र ६ वर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।
उनका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


