साँकेतिक तस्बिर
दाङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ६२ बर्षका १ जना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ साजखुटी बसन्तखेत बस्ने ६२ वर्षीय मानबहादुर सुनार भएको दाङ प्रहरीले पुष्टी गरेको हो ।
पक्राउ परेका ति पुरुषले बालिकालाई बिहीबार दिउँसो बलात्कार गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फुलबारी र तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



