पोखरा । शुक्रबार दिउसो फेवातालमा अचानक आएको हावाहुरीको कारण कायक बोट पल्टिएर दुर्घटनामा परेकी १ जना महिलाको सशस्त्र प्रहरी सकुशल उद्दार गरेको छ ।
दुर्घटनामा परेकी काठमाडौं महानगरपालिका–१७ सामाखुसी बस्ने वर्ष २५ कि अग्नि देवकोटालाई प्रहरीले शकुसल उद्वार गरेको शसस्त्र प्रहरी नायब उपरिक्षक एवं सह प्रबत्ता शलैन्द्र थापाले जानकारी दिए ।
हावाहुरी आएपछी बोल पल्टिएर तालमा खसेको उनलाई फेवाताल बाराहीघाट स्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरेको थियो ।
उद्वार लगत्तै देवकोटालाई ताल किनारमा ल्याएको थियो । नीजको अवस्था सामान्य रहेको पनि सह प्रबत्ता थापाले जानकारी दिए ।


