पोखरा । फेवातालमा बोटिङ गर्नेक्रममा दुर्घटनामा परेका १ जना युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।
आइतबार साँझ स्याङजा जिल्लाको अर्जुन चौपारी गाउँपालिका–३ घर भइ पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० बर्षिय सोभित परियार बोटिङ गर्नेक्रममा अचानक आएको हावाहुरीको कारण बोट पल्टिन गई तालमा खसेका थिए ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपालको फेलातालस्थित रेशक्यू टावरमा तैनाथ उद्धार टोलीले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी नायब निरिक्षक एवं सह प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार साँझपख चलेको हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करीब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको समेत सोही टोलीले सकुशल उद्धार गरेको थियो ।




















