दमौली । जिल्लाको सेरा चापाटारमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरी १ जना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ब्यास नगरपालिका(५ सेरा चापाटार बस्ने ४० वर्षीय जितबहादुर कुमाल भएको जिल्ला प्रहरी कार्यालय तनहुँले पुष्टी गरेको हो ।
पक्राउ परेका जितबहादुरले आफ्नै ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । जितबहादुरले श्रीमती सुनमायालाई दाउले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।



