बारा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् ।
पाण्डेयले ३७७ मत प्राप्त गरेर बिजयी भएको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले जानकारी दिए । उनका प्रतिद्वन्द्वी टिना सुवेदीले ३४३ मत प्राप्त गरेकी थिइन ।
यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिए ।




















