बैतडी । झौलेकमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनापरी २ जनाको घटनास्थलमै ज्यान गएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटना हुदा २ जनाको ज्यान गएको बैतडी प्रहरीले पुष्टी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार दुर्घटनामा परिचय नखुलेका ट्र्याक्टर चालक त्यसमा सवार राजेश चौधरी रहेको ज्यान गएको हो ।
ट्र्याक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेको उनले जानकारी दिए । दुर्घटनाको कारण खुल्न नसकेको प्रनि केसीले जानकारी दिए ।


