हुम्ला । हुम्लामा हिउँमा फसेका ३ जना सरकारी कर्मचारीहरुलाई सशस्त्र प्रहरी द्वारा उद्वार गरीएको छ । जिल्लाको नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका कर्मचारीको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रबत्ता शैलेन्द्र थापाले जानकारी दिए ।
्हिउँमा फसेका नाम्खा गाउँपालिकाका ओभरसियर छेपाक लामासहित ३ जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको टोलीले उद्धार गरेको हो । उनीहरु मित्रराष्ट्र चीनबाट प्राप्त अनुदानका सामग्री बुझी फर्कने क्रममा हिउँमा फसेका थिए ।
प्रहरी बलका प्रहरी नायब उपरीक्षक तथा सहप्रवत्ता थापाका अनुसार तीनैजना आज बिहान हिउँमा फसेको खबर प्राप्त भएपछि उद्धार गर्न टोली त्यसतर्फ गएको थियो । सो टोलीले आज दिउँसो उनीहरुको सकुशल उद्धार गरेको हो ।



