जाजरकोट । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर १ जना महिलाको मृत्यु भएको छ ।
जिल्लाकाे छेडागाड नगरपालिका-३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको माटाेकाे ढिस्काेले पुरिएर मृत्यु भएको जाजरकाेट प्रहरीले जनाएकाे छ ।
मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते हुनुभएकी अधिकारीको आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हाे ।


