झापा । आफ्नै श्रीमतीलाई खुकुरी प्रहारगरी हत्या गरेको आरोपमा प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बस्ने ३३ वर्षीय देबनारायण राजबंशी झापा प्रहरीले पुष्टी गरेको हो ।
आरोपित देवनारायणले आफ्नै ३२ वर्षीया मोमसरी राजबंशीको खुकुरी प्रहरगरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । देवनारायणलाई प्रहरील बिहीबार बिहान पक्राउ गरेको हो ।
सामान्य घरायसी बिवादमा देबनरायणले खुकुरी प्रहार गर्दा मोमसरीको घटनास्थलमै मृत्यु भएको थियो । घटना लगत्तै इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।


