कोरिया । कोरिया स्थित नेपाल गोरखा परिवारले आउँदो मे महिनाको ४ र ५ अर्थात बैशाख २२ र २३ गते २ दिने “बृहत् भेटघाट तथा बनभोज कार्यक्रम २०२४” आयोजना गरेको छ ।
दक्षिण कोरियामा रहेको यो संस्थाले नेपालबाट आएर काम गरेकाहरुलाई थकान मेट्न र मनको चिन्दा दुर गर्ने उद्वेश्य सहित मनोरञ्जनात्मक खेलकूद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको संस्थाका उपाघ्यक्ष जिवन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले पनि कार्यक्रम आयोजना गरिएको हो ।
यसले संस्थालाई थप चलायमान पनि मद्वत पुग्ने उनको विश्वास छ । उपाघ्यक्ष श्रेष्ठको बिचारमा यसपटकको कार्यक्रमले सहभागीहरुलाई भरपुर मनोरञ्जनका साथै एक आपसमा आत्मियताको आभार प्रदान गर्ने छ ।
संस्थाले कार्यक्रममा सहभागी हुनका लागी शुल्क समेत निर्धारण गरेको छ । उपाघ्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार पुरुषलाई ९० हजारवान, महिलालाई ७० हजारवान र १ जोडीको लागी १ लाख ५० हजार वान निर्धारण गरिएको छ ।
कार्यक्रममा दक्षिण कोरिया आएर बसेका सबै गाेरखाली तथा नेपालीहरुलाई सहभागिहुन समेत संस्थाले आग्रह गरेको छ ।
कार्यक्रम दक्षिण काेरियाकाे 소귀골백운산장 강북구 삼양로 181길206 (सउल खाडबुकगु सामयांरो १८१ खिल २०६ ) मा हुने पनि संस्थाले जानकारी दिएकाे छ ।



