साँकेतिक तस्बिर
गाेरखा । वैदेशिक रोजगारमा पठाउछु भन्दै ठगी गरेको आरापमा गोरखाका समिरराज वाग्ले सहित प्रहरीले राजधनीबाट २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गोरखा शहिद लखन गाउँपालिका–८ घर भई काठमाडौं टोखा नगरपालिका–९ बस्ने २८ वर्षीय समिरराज वाग्ले र रूकुम चौरजहारी नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय खड्कबहादुर भण्डारीलाई पक्राउ गरेको हो ।
पक्राउमध्ये गोरखाका वाग्लेले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै पीडितबाट १ लाख ५० हजार रूपैयाँ ठगी गरेको र खड्कबहादुरले रोमानिया पठाईदिन्छु भन्दै ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले समिरलाई काठमाडौं मनमैजु र खड्क बहादुरलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


