साँकेतिक तस्बिर
गोरखा । उत्तरी गोरखाको बारपाकमा रहेको बारपाक इङ्लिस बोर्डिङ स्कुलमा गएराती आगलागी भएको छ । आगलागी शुक्रबार राती भएको जिल्ला प्रहरी कार्याल गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकार रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनसार बारपाक सुलिकोट गाउँपालिका–२ को बारपाक बजारमा रहेको उक्त बोर्डिङमा आगलागीबाट २ वटा प्रिन्टर र कागजपत्रमा क्षती पुगेको छ ।
आगलागी पछी प्रहरीलाई शनिबार बिहान १०ः३० बजे खबर आएको र प्रहरीले अनुसन्धान थालेको पनि सूचना अधिकारी श्रेष्ठले बताए । ‘आगलागीको अवस्था हेर्दा संकास्पद देखिन्छ’ उनले भने ‘हामीले अनुसन्धान सुरु गरेका छौ । दोषी चाढै पत्ता लाग्छ ।’
सोही बोर्डिङमा गएको चैत्र ३ गते पनि आगलागी भएको थियो ।


