गोरखा । गोरखा सदरमुकामबाट ७ महिना अगाडी चोरी भएको मोटरसाईलक उत्तरी गोरखाको सोती बजारमा फेला परेको छ । गोरखा नगरपालिका–६ सरस्वती मार्गबाट असोज महिनामा चोरी भएको पल्सर मोटरसाईकल सोती बजारमा फेला परेको हो ।
फेला परेको मोटरसाईकल गोरखा नगरपालिका–६ सरस्वती मार्ग निवासी सुमन गुरुङको भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । बा. ५७ प ८४३ नम्बरको मोटरसाईलक वेवारीसे अवस्थामा फेला परेको हो ।
चोरी भएको उक्त मोटरसाईलक दशै र तिहारको बिचमा बिग्रीएर बनाउन ल्याएको तर हालसम्म पनि लिन नआएको सोती बजारमा रहेको गण्डकी मोटरसाईलक वर्कसपका सञ्चालकले बताएको भन्दै प्रहरीले जानकारी दिएको छ ।
फेला परेको उक्त मोटरसाईकलमा साइलेन्स परिवर्तन गरेको भेटिएको सवारी धनी गुरुङले जानकारी दिए । यता गाेरखा प्रहरीले भने उक्त माेटरसाईकल चाेरीमा संलग्नहरुकाे खाेजी भइरहेकाे जनाएकाे छ ।


