साँकेतिक तस्बिर
हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिमा आज भएकाे सवारी दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ भने अन्य ५ जना घाईते भएका छन् ।
अदानचुली गाउँपालि-४ काे पाम्सको मोडमा सु प ०१–००१ नम्बरको गाडी शनिबार दिउँसो दुर्घटना भएको प्रहरीले पुष्टी गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ । दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त भइनसकेको पूर्ण विवरण उपलब्ध गराउन नसकिएकाे उनले बताए ।


