गोरखा । गोरखाका १ जना पुरुषको कास्कीको भिरबाट लडेर ज्यान गएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, स्थित ज्यामिरे भिरबाट लडेर शहीद लखन गाउँपालिका–२ घर भएका ५० वर्षीय यामबहादुर थापाको ज्यान गएको कास्की प्रहरीले पुष्टी गरेको हो ।
करुवा सेति हाईड्रोपावरमा मजदुरी काम गर्ने थापा काम गर्दागर्दै बिहीबार अचानक अन्दाजी ३०० मिटरमाथिको भीरबाट तल खसेका थिए । थापाको घटना स्थलमा नै ज्यान गएको पनि प्रहरीले जानकारी दिएको छ ।
थापाको शव सशस्त्र प्रहरी बल, कालिका गण, मालेपाटनले उद्वार गरी पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो । थापाको शव उनको परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।


