×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गाजामा ‘तत्काल युद्धविराम’ का लागि प्रस्तावित मस्यौदा अमेरिकाद्वारा परिचालित : ब्लिन्केन

  •  गोरखा समाचार
  • बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    जेद्दाह, (रासस/एएफपी) । गाजा क्षेत्रमा बन्धक बनाइएकाहरूको रिहाइसँग जोडिएको युद्धविरामको तत्काल माग गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावको मस्यौदा संयुक्त राज्य अमेरिकाले परिचालित गरेको विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताउनुभएको छ ।

    ब्लिन्केनले भन्नुभयो, “वास्तवमा हामीसँग एउटा प्रस्ताव छ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा बन्धकहरूको रिहाईसँग जोडिएको, तत्काल युद्धविरामको आह्वान गर्ने प्रस्ताव जुन हामीले अहिले नै अघि सारेका छौं र विश्व समुदायले यसलाई स्विकार गनेछन् भन्नेमा हामी आशावादी छौँ ।”

    इजरायल र हमासबीचको युद्धबारे छलफल गर्न साउदी अरबको भ्रमणका क्रममा बुधबार साँझ साउदी सञ्चारमाध्यम अल हदाथसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मलाई लाग्छ यसले कडा तथा सन्देशमुलक सङ्केत दिनेछ ।”

    इजरायलको मुख्य समर्थक संयुक्त राज्य अमेरिकाले यसअघि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को भिटो प्रयोग गरी प्यालेस्टिनी भूमिमा तत्काल युद्धविरामको आह्वान गर्न राष्ट्रसङ्घलाई रोकेको थियो ।

    उहाँले भन्नुभयो, “निःसन्देह, हामी आफ्नो रक्षा गर्ने इजरायलको अधिकारको साथमा छौँ । युद्धबाट हानि व्यहोरेका र धेरै पीडित प्यालेस्टिनीको समस्या समाधानमा हामी ध्यान केन्द्रित गर्दछँैं, उनीहरूलाई प्राथमिकता दिन्छौँ, नागरिकहरूको सुरक्षा गर्छौं, उनीहरूलाई मानवीय सहायता प्राप्त गर्छौं ।

    ब्लिन्केनले बुधबार साउदी अरब पुगे लगत्तै राजकुमार मोहम्मद बिन सलमानसँग वार्ता गर्नुभएको थियो। उहाँले साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फरहानसँग पनि भेटवार्ता गर्नुभएको थियो । बिहीबार इजिप्ट र त्यसपछि इजरायलमा पुगी उहाँले वार्तालाई जारी राख्ने बताइएको छ ।

    गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता मध्यपूर्वका लागि उहाँको यो छैटौं भ्रमण हो ।

    ब्लिन्केनको यो भ्रमणको शिलशिला कतारमा भएको वार्तासँग मिल्दोजुल्दो छ । साउदी अरबमा युद्धविरामको लागि नयाँ प्रयासमा बुधबार तेस्रो दिन मध्यस्थहरूको बैठक भएको थियो तर सम्भावित सम्झौताको कुनै सङ्केत भने देखिएको छैन ।

    प्यालेस्टिनी कैँदीहरूका लागि बन्धकहरूको आदानप्रदान हुने र राहत सामग्रीहरूको वितरणलाई तीव्र पारिएको कतारमा भएको छलफलले लडाइँ रोक्ने अस्थायी योजनामा सहमति गरेको थियो ।

    अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजामा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्ध सुरु भएको थियो भने हमासको आक्रमणमा इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो ।

    लडाकूहरूले लगभग २५० बन्धकहरूलाई पनि कब्जामा लिएका थिए बन्धकमध्ये १३० जना गाजामा रहेको इजरायलको विश्वास छ र उनीहरूमध्ये ३३ जना मारिएका अनुमान गरिएको छ ।

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले हमासविरुद्ध प्रतिशोधात्मक आक्रमण गरेको छ जसमा करिब ३२ हजार मानिसको मृत्यु भएको छ र आक्रमणमा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, चैत ०८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.