काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्यमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले रिक्त रहेको ४ जना सदस्य नियुक्त गरेको हो ।
बैठकले प्रा.सङ्गीता सिंह (काठमाडौं, डा.कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा.शिवराज अधिकारी (पाल्पा) र डा.अरनिको पाण्डे (ललितपुर)लाई सदस्य पदमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।
बैठकले नेपाल प्रशासन सेवा समूहतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।




















