काठमाडौं । सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका २ जनालाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार एसएल आर २२ बोरसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवं प्रबत्ता नवराज अधिकारीका अनुसार सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका खड्का र धिमाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको हो ।
पक्राउ परेका दुवै जना बिरुद्द हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।




















