साँकेतिक तस्बिर
मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डमा आज बिहान भएकाे सडक दुर्घटनामा परी १ जनाकाे मृत्यु भएकाे छ । उक्त सडक खण्डकाे दासढुङ्गामा आज बिहान ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा भरतपुर महानगरपालिका–२९ का ३२ वर्षीय सोमलाल लामाकाे मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी श्रीराम भण्डारीका अनुसार भरतपुर महानगरपालिका-२९ दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ७६४ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएकाे थियाे ।
आज बिहान १ः५० बजे भएको दुर्घटनामा परी लामा गम्भीर घाइते भएका थिए । उनकाे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे जनाएकाे छ ।


