काठमाडौं । गुरुप्रसाद न्यौपानेलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको छ । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष रहेका न्यौपानेलाई सेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतले दोषी ठहरगरेको हो ।
न्यौपाने दोषी ठहर भएसंगै अदालतले उनको सजाय निर्धारणका लागि चैत १५ गते पेस गर्न आदेश समेत दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुत्त इजलासले उनलाई शेयरको भित्रीबाट कमाएको रकम अवैध हुने ठहर गरेको हो ।
गैरकानूनी लाभ लिएको आरोपमा विभागले न्यौपानेविरुद्ध १ करोड ९९ लाख रुपैयाँ विगो माग दावी गर्दै कात्तिक २३ गते मुद्दा दायर गरेको थियो ।


