सुनसरी । सशत्र प्रहरीले सप्तकोसी नदिमा डुंगामा लैजादै गरेको १६४ किलो गाँजा बरामद गरेको छ । सशत्र प्रहरीले मध्यरात १ः३५ बजेको समयमा बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदिको किनारबाट उक्त परिमाणको गाँजा बरामद गरेको सशत्र प्रहरी नायब उपरिक्षक एवं सहप्रबत्ता शैलेद्र थापाले जानकारी दिए ।
उनका अनुसार नदी किनारमा ५–६ जना ब्यक्तिहरुले डुङ्गाबाट गाँजा निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतरालेको टोली बरामद गरेको हो । रातको समय भएकोले उनीहरुले डुङ्गा लिई फरार भएको पनि सहप्रबत्ता थापाले जानकारी दिए ।
बरामद गाँजा थप अनुसन्धान र कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाईएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गणबाट फाल्गुन १ गतेदेखी आज बिहानसम्म १ एम्बुलेन्स सहित ५६४ किलो ४७५ ग्राम गाँजा बरामद भएको पनि उनले बताए ।



