गोरखा । आज बिहानै गोरखा सदरमुकामको एक फेन्सी पसलमा आगलागी भएको छ । आगलागीबाट पसल पुर्ण रुपमा जलेको प्रहरीले जानकारी दिएको छ ।
आगलागी के कती कारणले भएकोले हो अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानमा आगो विद्युत सट भएर लागेको अनुमान गरिएको छ ।
गोरखा नगरपालिका–६ को बिसौनी मोडमा रहेको फेन्सी पसलमा आगलागी भएको हो । आगलागीबाट के कतीको क्षती भएको छ त्यसको पूण बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




















