गोरखा । नियमीत मर्मत संभारका लागि आज १ दिन मनकामना केबुलकार बन्द भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज १ दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रवन्धक उज्वल शेरचनले बताए ।
उनका अनुसार केबल रहेका टावर मघ्ये टावर नम्बर ३, १२, १३ र १४ को नियमित मर्मतसम्भार हुन लागेको हो । मर्मत लगत्तै भोली बिहानैदेखि नियमित सञ्चालनमा आउने र यात्रुलाई सेवा दिने नायब महाप्रबन्धक शेरचनले जानकारी दिए ।
प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ग्रायता दिदै आएको छ । प्रालिले प्रत्येक ४÷४ महिनामा केबुलकारको मर्मत गर्ने गर्दछ । केबुलकार तल्लो स्टेशन चितवनको चेरेश र माथिल्लो स्टेशन गोरखाको मनकामना मन्दिर नजिकै रहेको छ ।


