साँकेतिक तस्बिर
ताप्लेजुङ । मङ्गलबार ताप्लेजुङमा आगालागी हुँदा २ वटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएकाे पनि प्रहरी जानकारी दिएकाे छ । घरनजिकै रहेका २ वटा गोठ पनि जलेका छन् ।




















