गोरखा । बिगत ३ दिनदेखि हराइरहेका ५० बर्षिय बीरबहादुर बिकको शव सशस्त्र प्रहरीको गोताखोरले आज ब्रम्हायणि नदीबाट निकाल्न सफल भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–२ को कल्लेरी बस्ने बिकको चैत्र ४ गते अपरान्ह सिन्धुपाल्चोकस्थित ब्रम्हायणि नदी किनारामा मोवाइल, घडी र स्टकोट फेला परेको थियो ।
घटनाबारे जानकारी पाए लगत्तै १६ नंम्बर गण सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले खोजीकार्य गरिरहेको थियो । सोही टोलिले संगै बिकको खोजीको लागि २० नंम्बर विपद् उद्धार गण सिनामंगलबाट गएको गोताखोर सहित १६ जनाको टोलीले आज शव निकाल्न सफल भएको शसत्र प्रहरी बलका शसत्र प्रहरी नायब उपरिक्षक एवं सहप्रबत्ता शैलेन्द्र थापाले जानकारी दिए ।
गोताखोरले मंगलबार दिउसो उनको शव नदीको करीव २० फिट तलबाट निकालेको हो ।


