गोरखा । फागुन ९ गते नाबालिका बलात्कार प्रयास आरोपमा पक्राउ परेका सलाङ गिरीका सिताराम भन्ने दलबहादुर बिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
आरोपित बिकले स्थानिय ७ र ९ बर्षियाबा बालिकालाई जबरजस्ती करणी प्रयासका लागि घर नजिकै रहेको जंगलमा लगेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
गोरखा नगरपालिका–१४ देउराली, सलाङ गिरीका विकले फागुन ९ गते दिउसो ११ बजेको समयमा दुवै बालिकालाई झरौटे धारा बनमा लगेर बलात्कार प्रयास गरेको भन्ने बालिकाको आमाले प्रहरीले निवेदन दिएका थिए । फागुन १० गते पक्राउ परेका बिकलाई प्रहरीले बृहत्त अनुसन्धान गरी सरकारी वकिल मार्फत चैत्र ५ गते सोमबार गोरखा जिल्ला अदालत पेश गरेको थियो ।
अदालको आदेशले विकलाई पुर्पक्षका लागि गोरखा कारागार चलान गरिएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।




















