काठमाडौं । सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटी लिएर छाड्न आज आदेश दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।


