तस्बिर रासस
म्याग्दी । म्याग्दीको नेपानेमा भएकाे जीप दुर्घटनामा परी २ जनाकाे ज्यान गएकाे छ । हिजाे अन्नपूर्ण गाउँपालिका-५ नेपानेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे हाे ।
गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप दुर्घटना हुदा सवारी धनी एवं चालक गणेश श्रेष्ठ र पाउद्वारका लालबहादुर तिलिजाको घटना स्थलमानै ज्यान गएकाे छ ।
हिजो राति पोखरेबगरबाट छुटेको जीप पाउद्वार नपुगेको खबर आएपछि आज बिहान खोज्दै जादा बिहान ८ बजे भिरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।
घटना स्थलमा अहिले घारा र भुरुङ तातोपानीबाट प्रहरीको टोली पुगेर छ । जीप सडकदेखि करिब २०० मिटर तल खोँचमा खसेकाे छ ।


