फाईल तस्बिर
रुपन्देही । भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई काठमाडौं लाने तयारी गरिएको छ । महरालाई आजै बिहान रुपन्देहीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए । रोल्पा जादै गरेका महरालाई भैरहवाबाट पक्राउ गरिएको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिए लगत्तै प्रहरीले उन पक्राउ गरेको हो ।
भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल समेत सो मुद्दामा अहिले पनि थुनामा छन् ।


