गोरखा । गोरखा सदरमुकामबाट बालयौन दुरुचार आरोपमा प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकले स्थानिय नाबालिकलाई यौनजन्य अस्वभाविक ब्यवहार गरेको भन्दै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गोरखा नगरपालिका–६ ढाँडगाउँका १९ बर्षका बिक्रम बिकलाई प्रहरी उक्त अभियोगमा पक्राउ गरेको हो । पक्राउ परको युवकले स्थानिय १५ बर्षिया नाबालिका ‘श कुमारी’ नाम परिवर्तनलाई यौनजन्य अस्वभाविक ब्यवहार गरी बालयौन दुरुपयोग गरेको भन्दै बालिकाको आमाले प्रहरीले जाहेरी दिए लगत्तै चैत्र २ गते पक्राउ गरेको हो ।
पक्राउ परेका युवकले गोरखा नगरपालिका–७ को खिरेपानीमा रहेको सार्वजनिक धारामा ति बालिकालाई त्यस्तो ब्यवहार गरेको आरोप लागेको छ । बिकलाई प्रहरीले बालयौन दुरुपयोग कसूर शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको छ ।



