पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले स्व.त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गरेको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान २०७९ बाट स्व.त्रिभुवन पौडेल (मरणोपरान्त) र २०८० बाट दीपेन्द्र श्रेष्ठलाई सम्मान गरिएको हो ।
गत वर्ष माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०८० अर्पण गरिएको कास्कीका अध्यक्ष बिमला भण्डारीले बताइन ।
मरणोपरान्त सम्मान स्व.पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेललाई अर्पण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिइन् ।
प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७९ पत्रकार दीपेन्द्र श्रेष्ठलाई अर्पण गरिएको छ । छनोट समितिले सिफारिस गरेको दुबै जनाको नाम महासंघ कास्कीको शुक्रबार बसेको बैठकले अनुमोदन गरेको थियो । उनीहरुलाई नगद १ लाख १ हजार १११ रुपैयाँसहित सम्मान गरिए हो ।
दुवै जनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान र पुरस्कार प्रदान गरेका हुन् ।




















