साँकेतिक तस्बिर
भोजपुर । जिल्लाको पिप्लेमा गए राती आगलागीमा परेको ३ जना बालबालिकाले ज्यान गुमाएका छन् । हतुवागढी गाउँपालिका–७ पिप्ले बस्ने केदार कार्कीको गोठमा शनिबार साँझ आगलागी हुँदा जलेर ३ जना बालबालिकाको ज्यान गएको भोजपुर प्रहरीले जानकारी दिएको छ ।
आगलागीमा परी केदार कार्कीको छोरा ५ वर्षीय प्रनिष कार्की, रमेश कार्कीको छोरी ७ वर्षीया दिपशिखा कार्की र उनकै छोरा ३ वर्षीय दिउनिस कार्कीको ज्यान गएको हो ।
घरमा कोही नभएको अवस्थामा गोठमा आगलागी हुँदा उनीहरूको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।
आगलागी घटनमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


