×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३९ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

उत्तरी गोरखाको हुलचुकका भुमिहीन ८ दलित परिवारलाई लालपूर्जा बितरणको अन्तिम तयारी पुरा

  •  गोरखा समाचार
  • शनिबार, चैत ०३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । राष्ट्रिय भुमि आयोग जिल्ला समिति गोरखाले उत्तरी क्षेत्रको हुलचुकमा बसोबास गरेको भुमिहीन ८ दलित परिवारलाई लालपुर्जा बितरणको तयारी पुरा गरेको छ । आयोगको जिल्ला समितिले आज सदरमुकाममा पत्रकार सम्मेलन गर्दै धार्चे गाउँपालिका–१ को हुलचुकमा बसोबास गर्दै आएको ८ दलित परिवारलाई चैत्र तेस्रो साता भित्रै लालपुर्जा बितरणको तयारी पुरा भएको जानकारी दिएको हो ।

    जग्गा पाउनेहरुमा धार्चे गाउँपालिका–१ हुलचुक निवासी मंगले बिक, राजु बिक, सन्ते विश्वकर्मा, आइत सिं बिक, रमेश कामी, राजन बिक, कुमार बिक र रामबहादुर कामी रहेका छन् ।

    आयोगका तर्फबाट जिल्ला अध्यक्ष कमला नहर्कीले पत्रकारहरुलाई जानकारी दिदै चैत्र २ गते ७ दिने अन्तिम सूचना समेत प्रकाशन भएकोले अबको २ साता भित्रै सम्वन्धीत स्थानमा पुगेर लालपुर्जा बितरण गर्ने बताए । उनले धार्चे गाउँपालिकाबाट कुल १३ जनाले जग्गा प्राप्तीका लागि आवेदन दिएकोमा ४ जनाको पुख्यौली जग्गा देखिएको र १ जनाले दावी नै गर्न नआएकोले ८ घर परिवारलाई जग्गा बितरणको लागि तयारी पुरा भएको बताए ।

    आयोगको जिल्ला समितिले ११ वटै स्थानिय तहमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीका लागि लगत संकलनका लािग २ पटकसम्म ३५ दिने सूचना जारी गरीसकेको छ । अध्यक्ष नहर्कीले जिल्ला भित्रको ११ स्थानियमा १५८ भूमिहिन दलित, १५७ भुमिहिन सुकुम्बसी र ३ हजार २१४ घर परिवार अब्यस्थित बसोबासीको लगत संकलन भएको पत्रकार सम्मेलनमा जानकारी गराए ।

    आयोगले त्यस्ता परिवारलाई आवास वा कृषि खेती प्रयोजन मध्ये कुनै एक प्रयोजनका लागि मात्र जग्गा उपलब्ध गराउने गर्दछ । जस अन्तरर्गत आवासका लागि ३४० बर्ग मिटर अर्थात १० आना, २ पैसा ३ दाम र कृषि प्रयोजनका लागि ३ हजार बर्ग मिटर अर्थात ५ रोपनी, १४ आना, १ पैसा १ दाम जग्गा पाउने छन् ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, चैत ०३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.