गोरखा । स्वाबलम्वन लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यलय गोरखाको आयोजनामा वित्तिय साक्षरता तथा केन्द्र प्रमुख बिचको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्र नम्बर २ कि प्रमुख सरूना पोखरेलको अध्यक्षतामा गोरखा सदरमुकाममा करिब ९० जनाको सहभागीतामा बित्तीय साक्षरता तथा अन्तरक्रिया सम्पन्न भएको हो ।
गोरखा नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा संस्थाका पोखरा कलस्टर (ख) कावासोतीका प्रमुख दिपेन्द्रकुमार सिग्देलको पनि सहभागीता रहेको थियो । कार्यक्रममा आर्थिक वर्ष २०७९–०८० उत्कृष्ट कार्य गर्ने केन्द्र ३ वटा केन्द्रलाई पुरस्कार वितरण गरिएको थियो ।
त्यस्तैगरी, शाखा अन्तरगत शैक्षिक सत्र २०७९ मा एसइई परिक्षामा सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट अंक प्राप्त गर्न सफल केन्द्र नम्बर ७९ मा आवद्ध सदस्य मीना थापा मगरकी छोरी लिसारा थापा मगरलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
साथै श्रीमानको मृत्यु हुँदा सदस्यले पाउने बीमा रकमको चेक पनि कार्यक्रमकै अवसरमा हस्तान्तरण गरिएको थियो ।


