बर्दिया । बर्दिया प्रहरीले नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारू भएको प्रहरीले पुष्टी गरेको छ ।
पक्राउ परेका थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्यमा कैलालीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका थारुलाई जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिउको छ ।



