×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा प्रहरीको ‘अप्रेशन ब्राभो चार्ली’ : १० दिनमा ११ थानचोरीका मोटरसाइकल सहित ११ जना पक्राउ

  •  गोरखा समाचार
  • बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा प्रहरीले चलाएको ‘अप्रेशन ब्राभो चार्ली’ मार्फत १० दिनमा चोरीका ११ थान मोटरसाइकल सहित ११ जनालाई पक्राउ गर्न सफल भएको छ । बरामद मोटरसाइकल र चोरी आरोपका ब्यक्तिहरुलाई आज प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

    पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बासुदेव पाठकले मोटरसाइकल चोरीको बारेमा ब्यापक जनगुनासा आएपछी अप्रेशन चलाएको जानकारी दिए । उनका अनुसार यो अप्रेशन निरन्तर चली रहने पनि बताए ।

    फागुनको दोस्रो साता कार्यभार सम्हालेका प्रहरी उपरिक्षक पाठकल जहाँबाट पनि चोरीको घटनाको बारेमा चासो ब्यत्त भएका कारण आफ्ना सहकर्मीहरु संग बसेर छलफल गरेर अप्रेशन चलाएको उनले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

    अप्रेशनमा मातहतको आरुघाट ईलाका प्रहरी कार्यालय र आरुपोखरीको प्रहरी चौकीको सक्रियतामा चोरी भएका ९ थान मोटरसाइकल र ११ जना पक्राउ परेका थिए । बरामद मोटरसाइकहरु सबै बजाज कम्पनीका पल्सर मोटरसाइकलहरु रहेका छन् ।

    आज सार्वजनिक गरिएको मोटरसाइकल मध्ये गोरखाबाट चोरी भएको ४ थान, धादिङबाट चोरी भएको ५ थान र ट्राफिक प्रहरीको चेकिङका क्रममा मोटरसाइकल छाडेर भागेका २ थान रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

    गोरखा प्रहरीले पहिलो पटक जिल्लाको बारपाक सुलिकोट गाउपालिका–७ देउराली स्थितबाट लक्ष्मण गुरुङको चोरी भएको प्रदेश नम्बर ३–०२–००१ प ४६०१ नं. को २२० सिसिको पल्सर मोटरसाईकलको घटनाको अनुसन्धान सुरु गरेको थियो ।

    सोही क्रममा चोरी भएको मोटरसाईकल सहित फागनु २७ गते आरुघाट गाउपालिका–३ थुमी, निबोट बस्ने २६ बर्ष को सुकबहादुर गुरुङ, बर्ष १९ का सुजन कार्की, आरुघाट गाउँपालिका–६ आरुआरबाङ कल्लेरी बस्ने बर्ष ३१ को रामकुमार श्रेष्ठ, आरुघााट गाउँपालिका–४ थुमी बराम गाउँ बस्ने बर्ष २८ को रोनिस भन्ने पदमबहादुर बराम र बारा जिल्ला गढीमाई नगरपालिका–११ घर भई आरुघाट गाउँपालिका–३ आर्खेत स्थित वि आर बर्दश नाम गरेको वर्कशपमा काम गर्ने बर्ष २४ को श्री शंकर शाह सोनार गरी ५ जना लाई पक्राउ गरेको थियो ।

    पक्राउ परेका ५ जनालाई २९ गते नै चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा मोटरसाईकल चोरीमा संलग्न रहेका आरुघाट गाउँपाकिाल–३ निबोट बस्ने बर्ष १९ को सन्तोष गुरुङ, बर्ष २० को सोमे भन्ने उत्तम गुरुङ, बर्ष १९ को देउवा गुरुङ, आरुघाट गाउँपालिका–२ मान्बु बस्ने बर्ष २४ को अन्जन घले, आरुघाट गाउँपालिका–३ थुमी बस्ने बर्ष ३१ को टेकबहादुर आले र बर्ष १९ को कमल आले मगर गरी थप ६ जनालाई फागुन ३० गते पक्राउ गरी निजहरु विरुद्ध चैत्र १ गते चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरी चोरी घटनाको अनुसन्धान भई रहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    प्रहरीले गोरखा र धादिङ जिल्लाको विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी गरेको २२० सिसिको पल्सर मोटरसाईकलहरु ना. ४९ प ९४१३, बा.०८२ प ६५६७, बागमती प्रदेश ०२–०२५ प ०९८३, प्रदेश ३–०२–००३ प ४६६, बा. ६३ प ३४२२, बा.६३ प ४६९६, बागमती प्रदेश ०२–०२० प ९१७९ नं.को एनएस पल्सर मोटरसाईकल र चोरी भएको बागमती प्रदेश ०२–०२१ प ९९५५ नं.को मोटरसाईकलको च्यासिस नम्बर उल्लेख भएको ईन्जिनको भाग र उक्त मोटरसाईकलको नम्बर प्लेट बरामद भएको छ ।

    पक्राउ परेका मध्ये ६ जना चोरी गर्ने कार्यमा संलग्न, ४ जना चोरीको मोटरसाईकल खरीद गर्ने र १ जना चोरीको मोटरसाईकलहरुको पार्ट पुर्जाहरु फेर बदल गर्ने कार्यमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

    उक्त समूहले २२० सिसिको पल्सर मोटरसाईकललाई बिशेष टार्गेट बनाई चोरी गर्ने गरेको र चोरीको मोटरसाईकलहरु गोरखाको उत्तरी दुर्गम भेगमा प्रयोग गर्ने र चोरीको मोटरसाईकलहरुको नयाँ पार्ट पुर्जाहरु पुरानो मोटरसाईकलमा फिट गर्ने गरेको खुल्न आएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

    पक्राउ परेकाहरु पेशाले होटलमा काम गर्ने कुक, पोर्टर, गाईड र मित्री रहेको पनि सूचना अधिकारी श्रेष्ठले बताए । चोरीमा संग्लन मध्ये केही मानिस मनाङ पुगेकोले त्यहाँ पनि खोजी भईरहेको उनले जानकारी दिए । उनका अनुसार पक्राउ परेका मध्ये ३ जनालाई भने उत्तरी गोरखाको सामागाउँबाट पक्राउ गरी ल्याएको हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, चैत ०१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.