गोरखा । गोरखा नगरपालिकाको नगर सभा पुनःगर्न नगरसभा सदस्यहरुले माग गरेका छन् । आज गोरखा नगरपालिकाकी उपमेयर मसली मायाँ थोकर पुनःको नेतृत्वमा पत्रकार सम्मेलन गर्दै अधिकांश नगरसभा सदस्यहरुले पुनःनगरसभा गर्न माग गरेको हो ।
विवादका बिच गएको फागुन २४ गते बिहीबार गरेको नगर सभामा सदस्यहरुलाई दफावार छलफल गर्न नदिएको भन्दै पुनःनगरसभा गर्न माग गरिएको उपप्रमुख थोकरले पत्रकार सम्मेलनमा बताए । ‘नगरसभामा सबै कुरा दफावार छलफल हुनुपर्छ’ उनले भनिन् ‘तर त्यसो हुन नदिएर मेयरले सापले तानाशाही हिसाबले नगरसभा सम्पन्न गर्नुभयो ।’
पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख थोकरले उक्त दिन मेयरले ३१ मिनेटमा ३ वटा बिषयमा कोही कसैलाई पनि बोल्न नदिएर नगरसभा सम्पन्न भएको घोषणा गरेको आरोप समेत लगाईन । उनले सम्पन्न भएको भनिएको नगरसभा विधिसम्मत नभएको पुनः गनुपर्ने र सदस्यहरुलाई दफावार छलफलमा सहभागी गराउनु पर्ने बताईन ।
७४ सदस्यीय रहेको गोरखा नगरपालिकामा उपप्रमुख सहित नेपाली काँग्रेसका ४६ जना नगरसभा सदस्य रहेका छन् ।





