साँकेतिक तस्बिर
गोरखा । गोरखामा चोरीका ६ थान मोटरसाइकल सहित ९ जनालाई पक्राउ गरेको छ । बरामद गरिएको सबै मोटरसाइकल पल्सर २२० सिसी भएको बुझन आएको छ ।
पक्राउ परेका ब्यत्तीहरु आरुघाट गाउँपालिका भित्रको भएको पनि विश्वस्त सुत्रले जानकारी दिएको छ । उनीहरुलाई आज वा भोली पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी पनि प्रहरीले गरेको बुझन आएको छ ।
पहिलो दिन ६ जना सहित ६ थान मोटरसाईकल फेला पारेको गोरखा प्रहरीले सोही दिन साँझसम्म चोरीको आरोपमा अन्य ३ जनालाई पनि पक्राउ गरेको थियो । पक्राउ परेका सबैका सम्वन्धमा प्रहरीले गहन अनुसन्धान थालेकोले आजै चोरी बिरुद्वको मुद्वा अदालतमा दर्ता हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरीले बरामद गरेको सबै मोटरसाइकल रातो रंगका छन् । पक्राउ परेका मध्ये केही आफैले चलाएका, केही राइडरका रुपमा प्रयोग भएका र केही ब्यत्ती भने चोरी गरेर बिक्री गर्ने ब्यक्ति भएको बुझन आएको छ ।
पक्राउ परेका ब्यक्तीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।



