गोरखा । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका बारपाक सुलिकोट गाउँपालिकाका १ जना ६० बर्षिय पुरुषलाई पुर्पक्षका लागि गोरखा कारागार चलान गरेको छ । कारागार चलान हुनेमा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी, घुन्चोकका बुद्विमान बिक भन्ने बुधवल सुनार भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आरोपित सुनारले फागनु २ गते राती २ बजेको समयमा १२ बर्षिया नाबालिका ‘भ कुमारी’ नाम परिवर्तनलाई जबरजस्ती करणी गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार घटना लगत्तै पिडितका बुवाले गोरखा प्रहरीमा उजुरी दिएको थियो । फागुन ४ गते शुक्रबार पक्राउ परेका उनलाई प्रहरीले फागुन ६ गते आइतबार जबरजस्ती करणी शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय मार्फत राय सहित फागुन २९ गते गोरखा अदालत पेश गरेको सुनारलाई सोही दिन अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।




















