गोरखा । चोरी मुद्वामा कसुर प्रमाणीत भएका गोरखा धावाका १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । कसुर प्रमाणीत भए लगत्तै फरार भएका भिमसेना थापा गाउँपालिका–४ धावाका होमनाथ पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
चोरी मुद्वामा गोरखा जिल्ला अदालतबाट १ महिना ३ दिन कैद र ३५ हजार ८५ रुपैयाँ जरिबाना भए लगत्तै फरार भएका पाण्डेलाई प्रहरीले फागुन २८ गते सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार फरार रहेका कसूरदारहरुलाई पक्राउ गर्नको लागि परिचालित फैसला कार्यान्वयन विशेष टोलीले विशेष सूचनाको आधारमा पाण्डेलाई उनको धावामा रहेको निवासबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पाण्डेलाई कैद र जरिवानाको लागि आज अदालत पेश गर्दा कैद असुलउपरका लागि गोरखा कारागार चलान गरेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


