काठमाडौं । आज भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । सभाको आज बसेको बैठकले माओवादीका दाहाल बहुमतले निर्वाचित भएको घोषणा गरेको हो ।
दाहालले राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराभएका थिए । उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार दर्ता थिए ।
दाहाललाई माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ सदस्य गरी ३८ जनाले पक्षमा मत दिए ।
दाहालका प्रतिस्पर्धी कांग्रेसका युवराज शर्माले १७ मत पाएर पराजित भएका थिए । मतदानमा ५६ जना सांसद उपस्थित भएका थिए । राष्ट्रिय जनमोर्चा नेपालका सांसद तुलप्रसाद विश्वकर्माले भने मतदानमा सहभागीता जनाएनन् ।


